यस्तो छ आजको मौसम

Newslaya Home

यस्तो छ आजको मौसम

शनिबार १०, जेठ २०७७

काठमाडौं । आज (शनिबार) पनि देशका पूर्वदेखि पश्चिमसम्मै केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार शनिबार बिहान पनि पूर्वका ओखलढुंगालगायत क्षेत्रमा पानी परिरहेको छ । यस्तै काठमाडौं उपत्यकामा पनि तत्काल वर्षाको सम्भावना रहेको उनले बताइन् ।

यसैगरी आज अपराह्नपछि पनि काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको उनले बताइन् ।

उनका अनुसार देशको पूर्वी क्षेत्रमा अम्पुन चक्रवात कमजोर भएर बंगलादेशमा बनेको न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव छ भने अन्य स्थानमा स्थानीय वायुको मात्र प्रभाव छ।

वर्षाको सम्वभावना आइबारसम्मै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।