नेपालको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

Newslaya Home

नेपालको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी

शनिबार १०, जेठ २०७७

काठमाडौं । नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरिएको छ ।

सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया शुरु गरिसकेको छ ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप र त्यसभित्र अद्यावधिक नक्सा राख्ने कानुनी प्रक्रिया सुरु गरेको हो । संविधान संशोधनको प्रस्तावसँगै नयाँ निशान छापमा अद्यावधिक नक्सामा सामेल कालापानी, लिपुलेक र लिम्पियाधुरा छापिने छ ।

नक्सा छापिने प्रक्रिया शुरु भएसँगै स्वदेश र अन्तर्राष्ट्रिय समुदायलाई कहाँ–कहाँ पठाउने भन्नेबारेमा मन्त्रालयले सूची समेत तय गर्दैछ ।