भारतमा एकै दिन कोरोनाबाट ६ हजार बढी संक्रमित

Newslaya Home

भारतमा एकै दिन कोरोनाबाट ६ हजार बढी संक्रमित

शनिबार १०, जेठ २०७७

काठमाडौं । भारतमा शुक्रबार एकै दिन अहिलेसम्मकै बढी ६ हजार ५६८ संक्रमित भेटिएका छन् । यो सँगै त्यहाँ संक्रमितको कूल संख्या एक लाख २४ हजार ७९४ पुगेको छ ।

बिहीबार पनि ६ हजार १५८ नयाँ संक्रमित भेटिएका थिए । गत मंगलबार पहिलोपटक नयाँ संक्रमितको संख्या ६ हजार नाघेको थियो । त्यसयता चार दिनमा २४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतमा तीन हजार ७२६ जनाको मृत्यु भएको छ भने ५१ हजार ८२४ जना निको भएका छन् । सबैभन्दा बढी महाराष्ट्र आक्रान्त छ । त्यहाँ शुक्रबार दुई हजार ९४० नयाँ संक्रमित पुगेपछि कूल संक्रमितको संख्या ४४ हजारभन्दा माथि पुगेको छ ।

भारतमा अहिले लामो दूरीको रेल खुलाइएको छ । मजदुर ओसार्न बस पनि सञ्चालनमा छन् । आफ्नो राज्यबाट बाहिर जान चाहनेलाई पठाउन महाराष्ट्र सरकारले नै मुम्बईमा बस सञ्चालन गरेको छ । बन्दाबन्दी घोषणापछि ३० अप्रिलदेखि १२ मेबीचमा ६६ लाख मान्छेले एक राज्यबाट अर्को राज्यको यात्रा गरेको सरकारी तथ्याङ्क छ ।