राहतको विषयमा झडप हुँदा उपमेयरका छोराले चलाए गोली, दर्जन व्यक्ति घाइते

Newslaya Home

राहतको विषयमा झडप हुँदा उपमेयरका छोराले चलाए गोली, दर्जन व्यक्ति घाइते

शुक्रबार ०९, जेठ २०७७

जनकपुरधाम । सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहतको विषयमा झडप हुँदा नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्द चौधरीले गोली चलेएका छन् । चौधरीले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका छन् ।

उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् । मण्डललाई गोली लागे लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नहुँदा विराटनगर रिफर गरिएको एक स्थानीयले बताए ।

उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरी तीन जनालाई विराटनगर रिफर गरिएको हो । झडपमा परी दर्जन बढी घाइते भएको बताइएको छ । घाइते हुनेमा नेपाली कांग्रेस तथा नेकपाका कार्यकर्ता छन् । उनीहरु सबैको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ ।