पाकिस्तानमा विमान दुर्घटना, १०७ जनाको मृत्यु

Newslaya Home

पाकिस्तानमा विमान दुर्घटना, १०७ जनाको मृत्यु

शुक्रबार ०९, जेठ २०७७

कराची । पाकिस्तानमा शुक्रबार विमान दुर्घटना भएको छ । दुर्घटनामा परेर विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकाहरुको मृत्यु भएको समाचारको स्थानीय मेयरले पुष्टि गरेका हुन् ।

मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ वटा घर ध्वस्त भएको पनि जानकारी दिए । क्षती भएको घरमा कोही मानिस थियो की थिएन वा उनीहरुको मृत्यु भयो की भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिर दुःख व्यक्त गर्नुभएको छ ।

दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्ति गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् । पाकिस्तानको राज्यद्वारा संचालित पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।

देशको नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरले दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराची तर्फ आइरहेको थियो । विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलपुग्नु अगाडी नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नामक सो बस्तीमा विषेश गरेर गरिब समुदायका मानिसहरु बस्ने गर्दथ्ये ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुको भनाई छ । घटनास्थलमा प्रहरी, सैनिक, स्वयमसेवक लगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।