थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

Newslaya Home

थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना परिक्षणको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो ।