संसदमा संविधान संशोधन विधेयक दर्ता

Newslaya Home

संसदमा संविधान संशोधन विधेयक दर्ता

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसदमा दर्ता गरेकी हुन् ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको भूभागको नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरिएको हो ।