विवाह गर्छु भन्दै पटक पटक करणी गरेको आरोपमा पक्राउ

Newslaya Home

विवाह गर्छु भन्दै पटक पटक करणी गरेको आरोपमा पक्राउ

शुक्रबार ०९, जेठ २०७७

धरान । सुनसरीको धरान–९ बाट विवाह गर्छु भन्दै पटक पटक करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

लामो समय देखि विवाह गर्छु भन्दै धरान–१७ की १५ बर्षीय बालिकालाई बारम्बार करणी गरेको आरोपमा धरान ९ आचार्यलाइनमा डेरा गरी बस्ने १९ बर्षीय उमेश ठटाललाई पक्राउ गरिएको हो ।

ठटालले बालिकालाई विवाह गर्ने भनेर ललाई फकाई पटक पटक जर्बजस्ती करणी गरेको उजुरी पीडितका बाबुले प्रहरीमा दिएका थिए । उनलाई जिल्ला अदालत सुनसरीबाट जर्बजस्ती करणी मुद्दामा म्याद थप गरेको प्रहरीले जनाएको छ ।