सोलुखुम्बुमा श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा श्रीमती पक्राउ

Newslaya Home

सोलुखुम्बुमा श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा श्रीमती पक्राउ

शुक्रबार ०९, जेठ २०७७

सोलु । सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ ।

बिहीबार दिउँसो घरमा बसिरहेका ४५ बर्षीय श्रीमान प्रताप सिंह राईलाई खुकुरी प्रहार गरेको आरोपमा सोताङ बस्ने ४६ बर्षीया परीमाया राईलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती परीमायाले टाउँकोमा खुकुरी प्रहार गर्दा घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानलाई खुकुरी प्रहार गरी फरार भएकी थिईन ।

घटनाको जानकारी पाउन साथ तत्काल प्रहरीको टोलीले उनलार्इ पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।