ओखलढुंगामा च्याउ खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

Newslaya Home

ओखलढुंगामा च्याउ खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

शुक्रबार ०९, जेठ २०७७

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण–७ स्थित खर पाखाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ जंगलमा च्याउ खोज्न गएका सिद्धिचरण–७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको हो ।

जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेर सम्मपनि घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

खर पाखाबाट लडी २ मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Jeevanलेख्नुहुन्छ
  • |
  • शुक्रबार ०९, जेठ २०७७
O kasto bidambana aafno gau ko manxe bichara k garnu asto bela ma rip