भारतमा चलचित्र छायांकन पुन सुरु गर्ने तयारी

Newslaya Home

भारतमा चलचित्र छायांकन पुन सुरु गर्ने तयारी

शुक्रबार ०९, जेठ २०७७

काठमाण्डौ । भारतमा चलचित्र तथा टेलिशृङ्खलाको छायांकन पुन सुरु गर्न भारतको महाराष्ट्र सरकारले तयारी थालेको छ ।

चलचित्रको छायांकन र रिलिज लामो समय रोकिँदा बलिउड, मराठी चलचित्रका निर्माता तथा कलाकार र दैनिक ज्यालाका चलचित्र क्षेत्रका मजदुरहरू मारमा परिरहेका छन् ।

यी सबै पक्षलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले सामाजिक दूरीको नियम पालना गर्दै सीमित रूपमा चलचित्रको छायांकन र पोस्ट–प्रोडक्सनको काम अघि बढाउन दिने योजना बनाएको हो ।

मराठी सिनेमा, टीभी र थिएटर इन्डस्ट्रिजका प्रतिनिधिमण्डलका एक प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री उद्धव ठाकरेले सरकारले गरिरहेको यस तयारीबारे जानकारी दिएका हुन् ।

छायांकन पुन सुरु गर्न दिए पनि रेडजोन घोषित नभएका स्थानमा विशेष सरसफाइमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ ।