पाँचथरका स्थानीय तहले गरे यस्तो माग

Newslaya Home

पाँचथरका स्थानीय तहले गरे यस्तो माग

शुक्रबार ०९, जेठ २०७७

पाँचथर । पाँचथरमा भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन स्थानीय तहका प्रमुखहरुले माग गरेका छन् ।

जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने बताएका हुन् ।

आरडिटी विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका छन् । भारतसहित अन्य मुलुकमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।

उनहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्राससमेत ब्यक्त गरेका छन् ।