लेटाङ नगरपालिका सिल

Newslaya Home

लेटाङ नगरपालिका सिल

शुक्रबार ०९, जेठ २०७७

बेलबारी । मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्र सिल गर्ने भएको छ ।

छिमेकी जिल्ला, पालिका र मोरङमा पनि संक्रमित पुष्टि भएपछि संक्रमण विस्तारको जोखिम भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । जेठ ९ गते राति देखि १२ गते सोमबार सम्म नगर क्षेत्र सिल गर्ने निर्णय भएको नगर प्रमुख शंकर राईले बताएका छन् ।

उक्त अवधिमा नगरका सबै नाकाहरु सिल गरी आउजाउमा प्रतिबन्ध लगाइने छ । नगरभित्रका औषधि पसल, एम्बुलेन्स सेवा, अत्यावश्यक सेवाबाहेक अरु सञ्चालन गर्न रोक लगाइने नगरपालिकाले जनाएको छ ।

बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त अवधिमा नगर क्षेत्रभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ ।