कालापानी भारतले कुनै हालतमा छाड्दैनः भाजपा नेता जोली

Newslaya Home

कालापानी भारतले कुनै हालतमा छाड्दैनः भाजपा नेता जोली

शुक्रबार ०९, जेठ २०७७

काठमाडौँ । चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिककरण गरेर भारतबिरुद्धको प्रयोगमा लगाएको भारतीय जनता पार्टीका नेता विजय जोलीले आरोप लगाएका छन् ।

नेपाल र भारतबीचको सम्बन्ध ओली सरकार आएपछि मात्रै स्थापित नभएको भन्दै तेस्रो मुलुकले चाहेर नेपाल भारतको सम्बन्ध नविग्रने बताए । ऋषि धमलासँग एनआरएन रेडियोसँग विशेष कुरा गर्दै जोलीले प्रधानमन्त्री ओलीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउदै नेपालले चाहेको जमिन दिन भारतका लागि ठूलो कुरा नभएपनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सुरक्षाका दृष्टिकोणले पनि भारतका लागि आवश्यक भएको बताए ।

नेपाल र भारतबची पछिल्लो समयमा निकालिएको विवादको समाधान भारतले वार्ताबाटै गर्न चाहेको र यो विषयमा वार्ता कोरोना संक्रमको त्रास हटेपछि मात्रै हुने उनको भनाई छ।

जोलीले भने,‘यसको समाधान छ भने वार्ता मात्रै हो । यस्तो समयमा आएर नेपालले भारतमाथि आरोप लगायो । व्युरोक्याट तहमा कुरा हुन्छ । राजनीतिक गरेर केहि हुदैन ।