बराहक्षेत्रका राई आफ्नै बारीमा मृत फेला

Newslaya Home

बराहक्षेत्रका राई आफ्नै बारीमा मृत फेला

शुक्रबार ०९, जेठ २०७७

सुनसरी । बराहक्षेत्रका एक युवा आफ्नै घरको कोठे बारीमा मृत भेटिएका छन ।

बराहक्षेत्र नगरपालिका–१ का ३७ बर्षिय रामदल राई आफ्नै बारीमा मृत भेटिएको सुनसरी प्रहरीले जनाएको छ । राईको रहस्यमय मृत्यु भएको स्थानीयले बताएका छन ।

राईको शव पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाएको र आवश्यक अनुसन्धान थालेको इलाका जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।