साउदीमा १३ सय बढी नेपालीमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

Newslaya Home

साउदीमा १३ सय बढी नेपालीमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

शुक्रबार ०९, जेठ २०७७

काठमाडौँ । कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिइरहेको छ । साउदी अरबमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

हालसम्म साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीको संख्या १ हजार ३ सय ६४ पुगेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यस्तै कोरोनाको संक्रमणबाट हालसम्म साउदीमा ७ जना नेपालीको मृत्यु भइसकेको छ ।

साउदीमा कोरोना संक्रमित भएका १७ जना नेपाली महिला रहेको जनाइएको छ । साउदीमा हालसम्म कोरोनाबाट ६५ हजार ७७ संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भइसकेको छ ।