थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

Newslaya Home

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । शुक्रबार बिहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ ।