अमेरिकामा कोरोनाबाट दुई नेपालीभाषी भुटानीको निधन

Newslaya Home

अमेरिकामा कोरोनाबाट दुई नेपालीभाषी भुटानीको निधन

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट दुई नेपालीभाषी भुटानीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केन्टकी राज्यको लुइभिल बस्ने विष्णुमाया सुब्बा र आयोवा राज्यको डेमोइ बस्ने प्रितीमाया राई रहेका छन् । ५८ वर्षीया सुब्बाको निधन बिहीबार भएको हो भने ९९ वर्षीया राईको मंगलबार निधन भएको हो ।

भुटानको लप्सीबोटे, चिराङ्ग जन्मेकी सुब्बा झापाको दमकस्थित बेलडाँगी–२ हुँदै अमेरिका पुनर्स्थापित भएकी थिइन् । भुटानको दोरोखा साम्चीबाट धपाइएपछि मोरङको पथरीमा आएकी थिइन् । त्यहाँबाट २०१४ नोभेम्बरमा आयोवा पुनर्स्थापित भएकी थिइन् ।