यस्तो छ आजको मौसम

Newslaya Home

यस्तो छ आजको मौसम

शुक्रबार ०९, जेठ २०७७

काठमाडौं । शुक्रबार देशका केहि स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको चक्रवात र स्थानीय वायुको प्रभावले आज दिउँसोपछि देशको केहि स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

आज देशको पूर्व, मध्य र पश्चिमी पहाडका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशको मध्य र पश्चिमी पहाडका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।