प्रदेशसभाका दुई सांसदलाई कोरोना संक्रमण

Newslaya Home

प्रदेशसभाका दुई सांसदलाई कोरोना संक्रमण

शुक्रबार ०९, जेठ २०७७

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

शुक्रबार देखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पाजिटिभ रिपोर्ट आएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड रहेका छन् ।

प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरेको हो । ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ ।

पोजिटिभ नजिता आएका सांसदलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ ।

प्रदेश ५ को बजेट अधिवेशन शुक्रबार (आज) दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।