८ बर्षीया बालिकालाई करणी गरेको आरोपमा धरानका एक व्यक्ति पक्राउ

Newslaya Home

८ बर्षीया बालिकालाई करणी गरेको आरोपमा धरानका एक व्यक्ति पक्राउ

शुक्रबार ०९, जेठ २०७७

धरान । इलाका प्रहरी कार्यालय धरानले ८ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१५ मिलन पथका ४० बर्षीय श्री प्रसाद लिम्बु रहेका छन् ।

स्थानीय ८ बर्षीया बालिकालाई लिम्बुले गत जेष्ठ ५ गते फकाई जवरजस्ती करणी गरेको भन्दै पिडीतकी आमाले प्रहरीमा उजुरी गरेकी थिइन् ।

पिडित रहेका लिम्बु तत्काल फेला नपरेको बताएको प्रहरीले बिहिबार भने पक्राउ गरेको हो ।