धनकुटामा ८४ जनाको स्वाब संकलन

Newslaya Home

धनकुटामा ८४ जनाको स्वाब संकलन

शुक्रबार ०९, जेठ २०७७

धनकुटा । धनकुटामा थप ८४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी सात जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको हो ।

जल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन रेग्मीका अनुसार स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरी ८४ जनाको स्वाब संकलन गरिएको हो ।

संकलन गरिएको स्वाब शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने र शनिबारसम्ममा रिपोर्ट आइसक्ने अस्पतालका सूचना अधिकारी रेग्मीले बताए ।