थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

Newslaya Home

थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

बिहीबार ०८, जेठ २०७७

इटहरी । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राती गरेको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या कुल संख्या ४ सय ५७ पुगेको छ ।

बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म तीन जनाको ज्यान गएको छ भने, संक्रमित ४९ निको भएका छन् ।