कृषको पक्षमा जनप्रतिनिधि भन्छन्, ‘डिएसपी विनोद शर्माले लागुऔषध राखेर फँसाए’

Newslaya Home

कृषको पक्षमा जनप्रतिनिधि भन्छन्, ‘डिएसपी विनोद शर्माले लागुऔषध राखेर फँसाए’

बिहीबार ०८, जेठ २०७७

सुनसरी । डिएसपी बिनोद शर्माले निर्दोष व्यक्तिलाई हतियार र लागुऔषध राखेर फसाएको सुनसरीको कोशी गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

वडाध्यक्ष विन्देश्वर यादव सहितका स्थानीय अगुवाहरुले कृष भनिने कृष्ण कुमार यादवलाई प्रहरीले सुनियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी शर्मा नेतृत्वको टोलीले कृषलाई पक्राउ गरी लगेकोमा भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाइएको छ ।

पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृष र उनका चालकलाई नियन्त्रणमा लिई लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको बिहीबार गरिएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनका लागि राष्ट्रिय मानव अधिकारसम्म गुहारिने बताए ।

उनको साथबाट प्रहरीले एकथान कटुवा पेस्तोल, तीन थान गोली र लागुऔषध बरामद गरेको जनाएको छ । कृष लामो आपराधिक पृष्ठभूमीका व्यक्ति हुन् । यसअघि पनि उनी सुनसरी प्रहरीद्वारा पक्राउ परेकोमा छुटेका थिए ।

तर उनी पक्राउ परेको रेकर्ड प्रहरीमा छैन । अहिलेकै डीएसपी विनोद शर्माले पनि यसअघि एकपटक समातेको तर पछि छाडिदिएको बताइएको छ ।

‘यो मान्छे आपराधिक पृष्ठभूमीकै मान्छे हो, तर यो पटक भने फँसाइएको हो,’ स्रोत भन्छ ।

प्रहरीले भने भन्टाबारीमा समातिएपनि पक्राउ गरेर ल्याउने क्रममा भाग्ने डरले भोक्राहा नर्सिङमा थप प्रहरी बोलाएर चेकजाँच गरिएको जनाएको छ ।

No description available.

No description available.