भोजपुरकी ८९ वर्षीया बृद्धामा आरडिटि पोजेटिभ

Newslaya Home

भोजपुरकी ८९ वर्षीया बृद्धामा आरडिटि पोजेटिभ

बिहीबार ०८, जेठ २०७७

भोजपुर । भोजपुरमा ८९ वर्षीय बृद्धामा कोरोना भाइरसको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको छ । युरिक एसिडकी बिरामी बृद्धामा आरडिटि परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।

ती बृद्धालाई उपचारको लागि बुधबार भोजपुरबाट काठमाडौं लगिएको थियो । काठमाडौंमा रहेको मेडिकियर अस्पतालमा आरडिटि जाँच गर्दा पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

बृद्धाको आरडिटि रिपोर्ट पोजेटिभ आएपछि उनका परिवारका सात जनाको आरडिटि परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । उनीहरु सबैको आरडिटि रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । कोरोनाको संक्रमण छ, छैन भन्ने पुष्टिका लागि उनको स्वाब संकलन गरेर परीक्षणका लागि राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको ।