नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

Newslaya Home

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५३ पुग्यो

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । नेपालमा बिहीबार अपराह्णसम्म थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दिउँसो पुष्टि भएका नौ जना र बिहान पुष्टि भएका १७ जनासहित नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अपराह्ण रूपन्देहीमा एक र झापामा आठ सङ्क्रमित फेला परेको पुष्टि गरेका हुन् । उनीहरू सबै पुरुष हुन् ।

सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै, डा. देवकोटाले बुटवलको अस्पतालमा भएको मृत्युको पनि पुष्टि गरेका छन् ।