बराहक्षेत्र नगरपालिकाले दूईवटा वार्ड सिल गरेपनि व्यवहारमा लागु हुन सकेन

Newslaya Home

बराहक्षेत्र नगरपालिकाले दूईवटा वार्ड सिल गरेपनि व्यवहारमा लागु हुन सकेन

–बाबुराम कार्की
बिहीबार ०८, जेठ २०७७

प्रकाशपुर । बराहक्षेत्र नगरपालिका वार्ड नम्वर ११ मधुवन हवाइमहलमा रहेको सशस्त्र प्रहरी पोस्टका एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टी भएपछि नगरले दुई वटा वार्ड सिल गरेको थियो ।

विज्ञप्ती जारी गर्दै जेठ सात गते बराहक्षेत्र १०, प्रकाशपुर र ११ नम्बर वार्ड मधुवन सिल गरेको थियो । संक्रमित सुरक्षाकर्मी दुईवटै वार्डमा आएको भन्दै नगरले सिल गरेपनि सुरक्षा निकायहरुसँग समन्वय अभावमा कुनै कडिकडाउ गरिएको छैन । आवतजावत उस्तै छ । आफन्तको सम्पर्कमा आएका सुरक्षाकर्मीको आफन्त दुईजनाको मात्रै स्वाब संकलन मङ्गलबार गरिएको छ ।

ती सुरक्षाकर्मी १० र ११ वार्डका अरु कुन कुन स्थानमा गएका थिए, को को सँग सम्पर्कमा आएका थिए । अहिलेसम्म खोजी हुन सकेको छैन । नगरले सिल गर्दा के के तयारी गर्नुपर्छ ? को को सँग समन्वय गर्नुपर्छ । कस्लाई छ सिल गर्ने अधिकार ? भन्ने सामान्य कुराहरुको वास्ता नगर्दा नगरले विज्ञप्ति निकाले पनि व्यवहारमा लागु हुन सकेन ।

आज (विहिवार) बस्ने नगरको मिटिङले सिललाई अनुमोदन गर्ने कि खारेज गर्ने भन्नेमा छलफल हुने नगर प्रमुख निलम खनालले बताए । खनालले भने सिललाई प्रभावकारी बनाउन सशस्त्रसँग कुरा राखेको थिए । ‘दुई चार राउण्ड लाउछु भनेको थियो, मान्छे सचेत भइदिदैनन्, जनप्रतिनिधि कता डण्डा लिएर घुम्नु,’ उनले भने ।

संक्रमित पुष्टि भएपछि जनता अत्तालिएकाले नगरपालिकाले नै दुईवटा वार्ड सिल गरेको मेयरले बताए । उनले भने, ‘जनता त्रसित भएकाले सिल गर्ने बिज्ञप्ति निकाल्यौँ । सिललाई अनुमोदन गर्ने कि खारेज गर्ने आज वडाध्याक्ष सहित बस्ने नगर कार्यपालिकाको मिटिङले टुङ्गो लगाउँछ ।’

संक्रमित सुरक्षाकर्मीले वार्ड नम्बर ११ को राहत वितरणमा पनि सहयोग पु¥याएको बताइएको छ

No description available.