माटोको ढिस्कोले पुरिएर १० वर्षीय बालकको मृत्यु, एक घाइते

Newslaya Home

माटोको ढिस्कोले पुरिएर १० वर्षीय बालकको मृत्यु, एक घाइते

बिहीबार ०८, जेठ २०७७

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर १० वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानियबासीले घर लिप्नका लागि माटो निकाल्ने क्रममा बनेको ढिस्कोमा पुरिएर ठाकुरबाबा–४ सैनवारका १० वर्षीय संगम थारुको बिहिबार मृत्यु भएको हो ।

उनीसँगै पुरिएका १२ वर्षीय बालक सुगन्ध थारु घाइते भएका छन् । कम्मर मुनी पुरिएका बालक सुगन्ध घाइते भएका हुन् भने कम्मरदेखि माथी पुरिएका बालकको स्थानिय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक योगेन्द्र खड्काले बताए ।