वृद्धभत्ता लिन लाइन बसेका वृद्धको मृत्यु

Newslaya Home

वृद्धभत्ता लिन लाइन बसेका वृद्धको मृत्यु

बिहीबार ०८, जेठ २०७७

धादिङ । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर धादिङका एक बृद्धको मृत्यु भएको छ ।

गङ्गाजमुना गाउँपालिकाका –४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए ।

बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजकले जानकारी दिएका छन् । बृद्ध दमको रोगी भएको जनाइएको छ ।