कोरोना संक्रमित सुनसरीकी युवती टेकु अस्पतालबाट डिस्चार्ज

Newslaya Home

कोरोना संक्रमित सुनसरीकी युवती टेकु अस्पतालबाट डिस्चार्ज

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । कोरोना संक्रमित भई टेकु अस्पतालमा उपचाररत सुनसरीकी २५ वर्षीया युवती डिस्चार्ज भएकी छिन् । उनी आरोग्य प्रतिष्ठान ललितपुरमा कार्यरत कर्मचारी हुन् ।

युवतीलाई वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर जेठ ३ र ७ गते पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

बिहीबार डिस्चार्ज भएकी युवतीसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४६ पुगेको छ।