खोटाङको रावाबेँसीका सबै नाका बन्द

Newslaya Home

खोटाङको रावाबेँसीका सबै नाका बन्द

बिहीबार ०८, जेठ २०७७


खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो ।

लकडाउन को अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्धार गरेर ल्याइएका हलेसीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामै पहिलोपटक हलेसीमा कोरोना सङ्क्रमित भेटिएपछि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अपनाउनुपर्ने सतर्कतालाई कडाइका साथ लागू गरेका छन् ।