धनकुटाको जिल्ला अस्पताल सञ्चालनमा ल्याइने

Newslaya Home

धनकुटाको जिल्ला अस्पताल सञ्चालनमा ल्याइने

बिहीबार ०८, जेठ २०७७

धनकुटा । धनकुटा अस्पतालमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राखेर अस्पताल सञ्चालमा ल्याइने भएको छ ।

बुधबार बसेको धनकुटा कोभिड १९ कमाण्ड फोर्सको रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राखेर अस्पतालमा सेनिटाइजर गरी सञ्चालनमा ल्याइने भएको हो ।

गत आइतबार धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द गरिएको थियो । बैठकले अस्पतालमा सेनिटाइजर गरेर सञ्चालनमा ल्याइने निर्णय गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिब जयराम श्रेष्ठले जानकारी दिए ।

उनले धनकुटा अस्पताल सञ्चालन नभएसम्मका लागि धनकुटा ६ मा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट अस्पतालको सबै सेवा सेवा सञ्चालन गरिने बताए ।

स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि धनकुटाको डाँडाबजार र जीतपुरबाट केही स्वास्थ्यकर्मी ल्याइने र अन्य स्वास्थ्यकर्मी प्रदेश सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको फोर्सका सदस्य सचिब श्रेष्ठले जानकारी दिए ।