धनकुटाका थप एक जना कोरोना संक्रमित प्रहरी जवान भएको पुष्टि

Newslaya Home

धनकुटाका थप एक जना कोरोना संक्रमित प्रहरी जवान भएको पुष्टि

बिहीबार ०८, जेठ २०७७

धनकुटा । धनकुटामा थप एकजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत ३४ वर्षीय जवानमा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार (आज) बिहान सार्वजनीक गरेको विवरणमा उल्लेखित पुरुष प्रहरी हुन्।

अस्पतालमा कार्यरत ती प्रहरीमा संक्रमण भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । जिल्ला अस्पतालमा ड्युटी रहेका जवानलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

धनकुटा जिल्ला अस्पतालमै कार्यरत चारजना स्वास्थ्यकर्मी, एकजना स्वास्थ्यकर्मीको परिवारका सदस्य र दुईजना प्रहरी गरी धनकुटामा सातजनामा संक्रमण देखिएको छ।