पोखरीको डिलमा १० लाख भेटिएपछि...

Newslaya Home

पोखरीको डिलमा १० लाख भेटिएपछि...

बिहीबार ०८, जेठ २०७७

रौतहट । रौतहटको एक पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको छ ।

ईशनाथ नगरपालिकाको परोहा डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाले जानएको छ ।

ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजेको थियो । तर उनीहरु रोकिएनन् । प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।

बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।