कालापानी हिँडेका प्रतिवन्धित नेकपाका सात कार्यकर्ता पक्राउ

Newslaya Home

कालापानी हिँडेका प्रतिवन्धित नेकपाका सात कार्यकर्ता पक्राउ

बिहीबार ०८, जेठ २०७७

काठमाण्डौ । नेपाली झण्डा बोकेर कालापानी हिँडेका प्रतिवन्धित नेकपाका सात जना कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई दार्चुला प्रहरीले नेपाली झण्डा बोकेर दार्चुलाको नौगाड गाउँपालिकाबाट कालापानी लिपुलेक अभियानमा हिँडेका समय बाटोमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिकाका गणेश विष्ट सहित सातजना छन् । उनीहरुलाई प्रहरी चौकी दल्लेकबाट सईको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।