सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु

Newslaya Home

सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु

बिहीबार ०८, जेठ २०७७

लहान । सप्तरीको बोदे बरसाइनमा करेन्ट लागेर बिहिबार एक जनाको मृत्यु भएको छ । होल्डरमा बत्ती लगाउने क्रममा बोदे बरसाइन–९ की ४० वर्षीया मिरकुन सदायको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी सदायको उपचारकोलागि जिवन दिप हस्पिटल ल्याउने क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ । यसअघि मंगलबार र बुधबार पनि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक र एक जनाको करेन्ट लागेर ज्यान गएको थियो ।

डाक्नेश्वरी–१० मा ३५ वर्षीय रन्जित कुमार साह र खडक–३ मा २२ वर्षीया बबिता कुमारी मण्डलको करेन्ट लागेर ज्यान गएको हो । साहलाई घरमा मोटर जडान गर्ने बेला करेन्ट लागेको थियो भने मण्डललाई खेतमा घाँस काटिरहेको बेला करेन्ट लागेको जनाइएको छ ।