ताप्लेजुङमा असईको आकस्मिक मृत्यु

Newslaya Home

ताप्लेजुङमा असईको आकस्मिक मृत्यु

बिहीबार ०८, जेठ २०७७

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीका एक असईको आकस्मिक रुपमा मृत्यु भएको छ।

सिरिजंघा ६ खेबाङका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय बालकुमार राईको आकस्मिक रुपमा मृत्यु भएको जनाइएको छ । डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार राईको मृत्युको कारण भने खुलेको छैन।

सिरिजंघा–५ मामाङखेमा झगडा मिलाएर चौकी फर्कने क्रममा सिरिजंघा ७ मा पर्ने याम्फुदिनमा उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।

स्थानीय मनकुमार ताम्लिकङको घरमा भिरमैरीको मह खाएर फर्कने क्रममा तावाखोला आइपुगेपछि सास फेर्न अप्ठ्यारो भएर उनको मृत्यु भएको जनाइएको छ ।

अहिले घटनास्थलमा डिएसपी श्रेष्ठ सहितको टोली पुगेको छ। शवको पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने श्रेष्ठले बताए।