भोजपुरको आमचोकमा दुधकोशीले बगाएर एक युवकको मृत्यु

Newslaya Home

भोजपुरको आमचोकमा दुधकोशीले बगाएर एक युवकको मृत्यु

बिहीबार ०८, जेठ २०७७

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका स्थित दुध कोशी नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान दुधकोशी नदीमा पौडी खेल्न गएका आमचोक–९ माझखानी बस्ने २१ बर्षीय अशोक श्रेष्ठ मृत फेला परेका हुन् ।

दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ गोजेपाथर बगरमा मृत फेला परेको भनी स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।