इटहरीका दाहालले गरे आत्महत्या

Newslaya Home

इटहरीका दाहालले गरे आत्महत्या

बिहीबार ०८, जेठ २०७७

इटहरी । इटहरीमा एक जनाले झुण्डिएर आत्महत्या गरेका छन ।

ओखलढुङ्गा घर भई इटहरी–१७ विसनपुर बस्दै आएका टंक दाहालले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आफु बस्ने कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेका हुन ।

आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । दाहालको शव पोष्टमार्टमको वीपी प्रतिष्ठान धरान पठाईएको प्रहरीले जानएको छ ।