विराटनगरमा शर्तसहित तोकिएका पसलहरु बिहान चार घण्टा खुल्ने

Newslaya Home

विराटनगरमा शर्तसहित तोकिएका पसलहरु बिहान चार घण्टा खुल्ने

बिहीबार ०८, जेठ २०७७

विराटनगर । विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको छ।

लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो।

सामाजिक दूरी र अन्य सतर्कता अपनाएर निर्माण सामग्रीका पसलहरू बिहान ६ देखि १० बजेसम्म खोल्न टाइम कार्ड लागू गरिएको जनाइएको छ ।

व्यवस्थापन समितिको बैठकले आइसिपीबाट नेपाल भित्रिएका भारतीय गाडीलाई महानगरभित्र रोक्न नदिने र सिधै कतै नरोकी गन्तव्यसम्म पुग्न अनुरोध गरिने निर्णय गरेको छ।