अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार नाघ्यो

Newslaya Home

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार नाघ्यो

बिहीबार ०८, जेठ २०७७

काठमाडौँ । अमेरिकामा कोरोनाबाट पछिल्लो २४ घण्टामा एक हजार ४३९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९४ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ९४ हजार ९६० पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २१ हजार ९ संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १५ लाख ९१ हजार ५७५ पुगेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । न्युयोर्कमा २८ हजार ८१६ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ३ लाख ६३ हजार ५१७ जना संक्रमित भएका छन् ।