प्रदेश २ को प्रादेशिक क्वारेन्टिन सिल

Newslaya Home

प्रदेश २ को प्रादेशिक क्वारेन्टिन सिल

बिहीबार ०८, जेठ २०७७

धनुषा । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम नजिक बनाइएको प्रादेशिक क्वारेन्टिन सिल गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिन बुधबारदेखि सिल गरिएको हो ।

उक्त क्वारेन्टिनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक गरेर पाँच व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेपछि १४ दिनका लागि बन्द गर्ने निर्णय गरेको जिल्ला सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश नं २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनबाटै प्रदेश नं २ का विभिन्न जिल्लाका कोरोनाका आशंकित व्यक्तिलाई राख्ने काम हुँदै आएको छ ।

अहिले पनि क्वारेन्टिमा धनुषा, महोत्तरी तथा भारतीय गरेर ८१ जना रहेको क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए ।

अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए ।