आज पनि नेपालमा अंपुन आँधीको प्रभाव, केही स्थानमा वर्षा हुने

Newslaya Home

आज पनि नेपालमा अंपुन आँधीको प्रभाव, केही स्थानमा वर्षा हुने

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । बंगालको खाडीबाट सक्रिय भएको अंपुन आँधिका कारण अहिले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ । वंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजार हुँदै गएकाले त्यसको प्रभाव अब कम हुँदै जाने महाशाखाले जनाएको छ ।

आज (बिहीबार) दिउँसो र राति पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १–२ स्थानहरुमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ ।

यस्तै पूर्वी उच्च हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।