अंपुन आँधिबाट भारत र बंगलादेशमा १५ जनाको मृत्यु

Newslaya Home

अंपुन आँधिबाट भारत र बंगलादेशमा १५ जनाको मृत्यु

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । बंगालको खाडीमा बनेको अंपुन आँधिका कारण भारत र बंगलादेशमा गरी १५ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो । उक्त आँधीले दुबै मुलुकमा १५ जनाको मृत्यु भएको उल्लेख भए पनि कहाँ कति भन्ने खुलाइएको छैन ।

ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ÷ठाउँमा घर नै भत्किएको जनाइएको छ ।

चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले कायम गरिएका प्रतिबन्धले राहत वितरणमा पनि समस्या भएको छ ।