कोरोना भाइरस : एकैदिन विश्वभर एक लाखभन्दा बढी संक्रमित

Newslaya Home

कोरोना भाइरस : एकैदिन विश्वभर एक लाखभन्दा बढी संक्रमित

बिहीबार ०८, जेठ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टाभित्रमा विश्वभर १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो ।

कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् ।

त्यसो त युरोप र अमेरिका लगायतका क्षेत्रहरुमा कोरोनाभाइरसका संक्रमणका घटनाहरुमा कमी आइरहेका छन् । त्यसैले ती देशहरुले कोरोनाभाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन् ।