भारतमा मे २५ देखि आन्तरिक हवाइ उडान सुरु

Newslaya Home

भारतमा मे २५ देखि आन्तरिक हवाइ उडान सुरु

बुधबार ०७, जेठ २०७७

काठमाडौं । भारतले आगामी मे २५ देखि आन्तरिक हवाइ उडान पुनः सुचारु गर्ने भएको छ ।

भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले एक ट्वीट जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

‘सबै विमानस्थलहरु र विमान कम्पनीहरुलाई मे २५ देखि आफ्नो कार्य सुचारु गर्न सूचित गरिसकिएको छ,’ उनले आफ्नो ट्वीटमा भनेका छन् ।

भारत सरकारले गत मार्च २५ देखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु रोकेको थियो ।