घूस दिएको आरोपमा सिँचाइ डिभिजन प्रमुख पक्राउ

Newslaya Home

घूस दिएको आरोपमा सिँचाइ डिभिजन प्रमुख पक्राउ

बुधबार ०७, जेठ २०७७

विराटनगर । अख्तियारले प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस दिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग नियन्त्रण आयोगको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम दिन खोजेको आयोगले जनाएको छ । आफूलाई जबर्जस्ती रकम दिन खोजको भन्दै पौडेलले भष्ट्राचारजन्य कसुरमा सजाय गराई पाउँ भनी निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो ।