धरानकी एक महिलामा कोरोना संक्रमण देखियो, सिल गर्ने तयारी

Newslaya Home

धरानकी एक महिलामा कोरोना संक्रमण देखियो, सिल गर्ने तयारी

बुधबार ०७, जेठ २०७७

धरान । सुनसरीको धरान उपमहानगरपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

विपि कोरइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धरान–१३ कि ५२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित महिलाले कही कतै नगएर घरैमा रहेको बताएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

उनी श्रीमानलाई जाँच गराउन मंगलबार वीपी प्रतिष्ठानको ओपिडीमा पुगेकी थिइन । कोरोना टेष्ट गरौं न भनेर जाँच गरेकी उनको रिर्पोट पोजेटिभ आएको हो ।

उनको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ । यो सँगै सुनसरीमा स‌क्रमितको स‌ख्या ४ पुगेको छ । धरान–१३ मा कोरोना संक्रमित फेला परेसँगै सो स्थानमा सिल गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।