ताप्लेजुङमा रूखले किचेर एक जनाको मृत्यु

Newslaya Home

ताप्लेजुङमा रूखले किचेर एक जनाको मृत्यु

बुधबार ०७, जेठ २०७७

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ–१० स्थित बैशाखे जंगलमा रुखले किचेर एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान घर नजिकै रहेको जंगलमा दाउरा काट्न गएका फुङलिङ–१० फुरम्बु बस्ने ३० बर्षीय सन्तबिर लिम्बुको रूखले किचेर मृत्यु भएको हो ।

रुख डाल्ने क्रममा सोही रूखले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।