थप २५ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४२७ पुग्यो

Newslaya Home

थप २५ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४२७ पुग्यो

बुधबार ०७, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४२७ पुगेको हो । पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा, कपिलवस्तु र नवलपरासी पश्चिमका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन् ।